दफा
पूर्वस्वीकृतिको लागि निवेदन दिनु पर्ने
(१) ऐनको दफा २६ को उपदफा (१) बमोजिम बीमा कम्पनी संस्थापना गर्न चाहने व्यक्ति वा उपदफा (३): बमोजिम संयुक्त लगानीमा बीमा कम्पनी संस्थापना गर्न वा शाखा कार्यालय खोल्न चाहने विदेशी बीमा कम्पनीले पूर्वस्वीकृतिको लागि अनुसूची-१ बमोजिमको ढाँचामा प्राधिकरणमा निवेदन दिनु पर्नेछ।

(२) सङ्गठित संस्थाले उपनियम (१) बमोजिम पूर्वस्वीकृतिको: लागि निवेदन दिँदा ऐनको दफा २६ मा उल्लिखित कागजातका अतिरिक्त कम्पनीको वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन वा प्रस्तावित बीमा कम्पनीमा लगानी गर्न सक्षम रहेको भन्ने पुष्टि गर्ने लेखापरीक्षकले प्रमाणित गरेको कागजात समेत पेस गर्नु पर्नेछ।

(३) उपनियम (१) बमोजिम निवेदन दिँदा प्राधिकरणले तोकेको बैड्ढ खातामा अनुसूची-२ बमोजिमको शुल्क जम्मा गरेको भौचर पेस गर्नु पर्नेछ।

(४) यस नियम बमोजिम पूर्वस्वीकृतिको लागि पेस भएका कागजातको जाँचबुझ गर्दा उपयुक्त देखेमा प्राधिकरणले अनुसूची-३ बमोजिमको ढाँचामा निवेदकलाई पूर्वस्वीकृति प्रदान गर्नेछ।

(५) यस नियम बमोजिम निवेदकले पूर्वस्वीकृति नपाएको अवस्थामा निजले बुझाएको शुल्क: प्राधिकरणले सात कार्य दिनभित्र फिर्ता गर्नु पर्नेछ।